माधव नेपालले भेट गर्न नमानेको ओलीको गुनासो
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले भेट गर्न नमानेको भन्दै गुनासो गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आव्हान गरेको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका नेता माधव नेपाललाई भेट्नका लागि टेलिफोन गरेको भए पनि उनले अस्विकार गरेको भन्दै गुनासो गरेका छन् ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताए ।
नेपाललाई ओलीले बिहीबार बेलुकी टेलिफोन गर्नुभएको थियो । आफूले भेट्नका लागि आग्रह गर्दा नेपालले नमानेले प्रसङ्ग ओलीले केन्द्रीय कमिटी बैठकमा जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले बताए । आजको बैठकले माधव कुमार नेपाल समूहका २३ जना सांसदलाई प्रतिनिधि सभा विघटन विरुद्धको हस्ताक्षर फिर्ता लिन समेत निर्देशन दिएको । साथै अर्काे बैठक भोली बस्ने भएको छ ।