मंगलबार, असोज १६, २०८०

ट्रम्प संगठनका प्रमुख वित्तीय अधिकारी विसेलबर्गलाई कर ठगीको आरोप

फ्ल्यासन्युज नेपाल२०७८ असार १८ गते ८:४५

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवसाय तथा प्रतिष्ठानका प्रमुख वित्तीय अधिकारी एलेन विसेलबर्गलाई कर ठगीको आरोप लागेको छ । उनले जुलाई १ बिहिबार बिहानै म्यानह्याटन जिल्ला अधिवक्ताको कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

उक्त अभियोग करिव २ बर्ष सम्मको अनुसन्धान पछि ट्रम्प तथा उनको प्रतिष्ठानलाई अभियोग लागेको हो ।

न्यू योर्क स्थित म्यानह्याटन जिल्ला अधिवक्ता साइरस भ्यान्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संगठन ,ट्रम्प संगठन र उनका लामो समयदेखि रहेका प्रमुख वित्तीय अधिकारी एलेन विसेलबर्ग बिरुद्ध आरोप लगाएका छन् । उक्त आरोप जुलाई १ बिहिबारका दिन लागेको एबिसीन्यूजले जनाएको छ ।

तर विसेलबर्ग तथा उनको प्रतिष्ठानलाई आपराधिक आरोप लगाईएको छैन । एबिसी न्यूज (समाचार)का अनुसार उनले राहदानी बुझाउनु पर्ने भएको छ ।

“यो १५ बर्ष सम्मको कर चोरी योजना थियो,” क्यारी डन ,म्यानह्याटन वकिल कार्यालयका लागि परामर्शदाता तथा वकिलले भने। “यो धेरै वरिष्ठ अधिकारीहरु द्वारा गुप्त रुपमा आयोजित गरिएको थियो।” उनले भने ।

“योजनाको सञ्चालनका क्रममा प्रतिवादीहरूले ट्रम्प संगठनबाट १.७६ मिलियन डलर( १ करोड ७६ लाख डलर) को अप्रमाणित रकममा अप्रत्यक्ष कर्मचारी क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था गरेका थिए ।

उक्त आरोप लागे पछि पूर्व राष्ट्रपति ट्रम्पले “अपमानजनक” र “लाजमर्दो” हुन् भनि एबिसी न्यूजलाई प्रतिक्रिया दिएका छन् ।

विसेलबर्गलाई  ट्रम्पले “एक अद्भुत व्यक्ति” भनेर सम्बोधन गरे।

तपाइँको प्रतिक्रिया