मंगलबार, असोज ९, २०८०

कोरोनाबाट निको हुने संख्या ६ लाख नाघ्यो

फ्ल्यासन्युज नेपाल२०७८ असार १७ गते १७:४०

काठमाडौं ।२४ घण्टामा देशभर १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८५७ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  यसैगरी, ३ हजार ८५५ एन्टिजेन परीक्षणमा ९०३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ ।

यस्तै, २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

तपाइँको प्रतिक्रिया