मंगलबार, असोज १६, २०८०

मन्त्री श्रेष्ठले मागे माफी

फ्ल्यासन्युज नेपाल२०७८ असार १६ गते १३:४३

 काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताएका छन् ।

आयोग पदाधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महशुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई कार्यालयमा बोलाएर छलफल गरेको हो । मन्त्री श्रेष्ठलाई बोलाएर हिजो स्पष्टिकरण मागेको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

तनहुँकी रुपा सुनारले जातकै आधारमा आफूलाई कोठा नदिएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएका थिए ।

उजुरी गरेको ३ दिनपछि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा रिहा भएपछि प्रधानलाई लिन मन्त्री श्रेष्ठ सरकारी गाडी लिएर पुग्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया