मंगलबार, असोज १६, २०८०

उपत्याकाको निषेधाज्ञाबारे आज निर्णय हुँदै, जोर विजोरमा सार्वजनिक यातायात सञ्चालन गरिने

फ्ल्यासन्युज नेपाल२०७८ असार १४ गते ९:५८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

आजको बैठकमा सार्वजनिक यातायातलाई पनि जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिनेबारे निर्णय हुनेछ ।

निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीएमसी० को संयुक्त बैठकले आज निर्णय गर्ने भएको हो ।

हिजोको बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे आज निर्णय हुने छ ।

संक्रमण दरको अवस्थाको विश्लेषण गरिरहेको बताउँदै पराजुलीले काठमाडौंको संक्रमणदर १२ देखि १३ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यस्तोमा एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिनेबारे आफुहरु छलफलमा रहेको पराजुलीको भनाइ छ ।

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि आजको बैठकबाट भोलिदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ ।

निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।

तपाइँको प्रतिक्रिया