मंगलबार, असोज १६, २०८०

संसदले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य:अर्थमन्त्री पौडेल

फ्ल्यासन्युज नेपाल२०७८ असार १२ गते १६:४९

काठमाडौं । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको दाबी गरेका छन् ।

बुटवलमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको जिकिर गरे ।

दुई तिहाइ बहुमतको सरकार अहिले सामान्य बहुमतसमेत नपाउने अवस्थामा पुगे पनि मन्त्री पौडेलले भने निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्ने दाबी गरे । त्यसपछि विकासको अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालाई सरकारले गम्भिरतापूर्वक हेरिरहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया