मंगलबार, असोज ९, २०८०

ट्रम्पलाई बिजयी गराउने ठेक्का लिएका महा बिबादास्पद वकिल जुलियानीको अनुमति पत्र निलम्बन

फ्ल्यासन्युज नेपाल२०७८ असार ११ गते ११:३२

डिसी । राष्ट्रपति जो बाइडेन संग ७० लाख मतले पराजित भएका डोनाल्ड ट्रम्पलाई बिजयी गराउने ठेक्का लिएका ट्रम्पका वकिल रुडी जुलियानीको वकिलको अनुमति पत्र निलम्बन भएको छ ।

उनले अब न्यूयोर्कमा अधिवक्ताको अभ्यास गर्न नपाउने भएका छन् । उनले प्राप्त गरेको वकिल पेशाको अनुमति पत्र अन्तिम आधारमा निलम्बित गरिएको छ । न्यूयोर्कको अदालतले उक्त फैसला गरेको हो । उनलाई मानहानीको मुद्धा समेत लागेको अवस्थामा अर्को बज्र प्रहार परेको छ । न्यू योर्कको सर्वोच्च अदालतको अपिल अदालत शाखाले तुरुन्तै लागु गर्ने गरि उक्त निर्णय गरेको छ ।

यो केवल अन्तिम निलम्बन मात्र हो । उनले यो पुन प्राप्त गर्न सक्ने भएको हुनाले उनलाई अवसर दिइएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

उनलाई न्यूयोर्कको बार एसोसिएसन९वकिलहरुको संघ०ले उक्त उजुरी गरे पछि निलम्बनमा परेको हो । उनले आफ्ना ग्राहक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेता पनि आफ्ना ग्राहकबाट राष्ट्रपतिले चुनावी चोरी भएको दाबीलाई समर्थन गर्न झूटा र भ्रामक तथा तथ्यहीन बयान दिएका थिए।”

जुलियानीले गत नोभेम्बरमा ३ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकले धाधली गर्यो भन्दै अदालतमा मुद्धा माथि मुद्धा दायर गर्दै ,आधारहीन ,बिना प्रमाण अमेरिकाभरि यात्रा गरेका थिए ।

पटक पटक शहरमा पुगेर चुनावमा धाधली भएको भनि मेलामा जादु देखाए झैँ कुर्लिएका थिए। अन्तिम अवस्थामा सम्म पनि उनले ट्रम्पलाई नै बिजयी गराउन कुनै कसर छोडेका थिएनन ।

अत्यन्तै विवादास्पद कुरा र फक्स न्युजमा बारम्बार झुटा कुरा प्रचार प्रसार गरेका थिए । जुलियानीले मैले कुनै अपराध गरेको छैन भनि उल्टै सफाई दिई रहेका छन ।

“यो पनि निष्पक्ष निर्णयको नजीक छैन,” भनि एक रेडियो अन्तर्वार्तामा भने । यिनै जुलियानीले चुनाव धाधली भएको भन्दै अमेरिकी जनतालाई दिउसै राती बनाउने प्रयासमा सशक्त रुपमा लागेका थिए । २१ औ शताब्दीमा पनि उनि अमेरिकी जनतालाई अझ आँखामा धुलो फ्याक्ने प्रयासमा निरन्तर लागेका थिए ।

उनले अमेरिकी जनतालाई अशिक्षित र केही नजान्ने झैँ गरि चटक देखाएको झैँ नोभेम्बर ३ मा भएको निर्वाचन धाधली भएको भनि सुगा झैँ रटेका थिए । रिपब्लिकनहरुले उनको कुरा आधा विश्वास गर्न सक्छन । तर आम जनताले उनको कुरा पत्याउन छोडेका छन् ।

झुटको खेती गर्न खप्पिस उनले पटक पटक निर्वाचनमा धाधली भएको बिना प्रमाण र बिना सबुत डेमोक्रयाटिकले धाधली गरि जितेको भन्दै निरन्तर रुपमा वकालत गर्ने वकिल हुन् ।

उनले निर्वाचनको पूर्ण नतिजा नआउन्जेल बालबालिकाहरुलाई मिठाई दिएर फकाए झैँ अमेरिका जस्तो देशमा मतदातालाई उल्लु बनाउने कोसिस गरेका थिए । किनभने मुद्धाको लागि दैनिक २० हजार डलर पारिश्रमिक लिएका थिए ।

तपाइँको प्रतिक्रिया