सोमबार, असोज १५, २०८०

मोस्ट वाण्टेड काइँली १३ वर्षपछि पक्राउ

फ्ल्यासन्युज नेपाल२०७८ असार ११ गते ११:१०

काठमाडौं । खैरो हेरोइन कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा सक्रिय भएको आरोपमा काइँली अर्थात् गोपीमाया तामाङलाई प्रहरीले खोज्न थालेको तेह्र वर्षपछि पक्राउ गरेको छ । त्यो पनि झुक्किएर । नाम मात्रै सुनेको र एउटा गतिलो फोटोसमेत नभएको अवस्थामा तामाङलाई प्रहरीले कसरी पक्रियो त ?

एक दर्जनभन्दा बढी व्यक्तिलाई लागुऔषध बोकाएर जेल पुर्‍याउने धादिङकी काँइली तामाङलाई प्रहरीले तेह्र बर्षदेखि खोजिरहेको थियो । तर २०६५ सालतिर तामाङको नागरिकतामा प्रयोग भएको मधुरो फोटो बाहेक उनलाई चिन्ने आधार प्रहरीसँग केही थिएन् । त्यसैले फोटो बिनै उनलाई मोष्ट वाण्टेडको सूचीमा राखिएको थियो। लागुऔषध नियन्त्रण ब्युरोको रेकर्डमा रहेको त्यो फोटो पनि बानेश्वरबाट कार्यालय कोटेश्वर सर्ने बेलामा हरायो । तर समय यस्तो आयो काँइली अर्थात गोपीमाया तामाङ १३ वर्ष पछि हालै ब्युरोको पंजामा परिन् । त्यो पनि झुक्किएर । चैत २६ गते क्याप्सुल बनाएर पेटमा पाकिस्तानदेखि खैरो हेरोइन बोकर आएका दावा लामाको अनुसन्धान खोतल्दै जाँदा प्रहरी होनिमाया तामाङसम्म पुगेको हो । उनको मोबाइलमा भएको मोटी दिदी नामको नंम्बरका आधारमा उनी पक्राउ परिन । थप अनुसन्धानका क्रममा बल्ल थाहा भयो, पाकिस्तानमा बसेर १३ वर्षदेखि नेपालका लागि खैरो हेरोइनको कारोवार गर्ने काँइली तामाङ तिनै ती मोटी दिदी रहिछन् । यसरी पक्राउ परेकी उनै काइली अर्थात गोपीमाया पाँचवटा मुद्धामा पुर्पक्षका लागि थुनामा छन् ।

काँइलीको लागूऔषध धन्दामा संलग्नता पनि अनौठो छ । शुरुमा ठमेलको सडकमा हाते सामान बेच्थिन् । त्यही क्रममा भेटिएका विदेशीसँग बिहे गरेर ६४ तिर अफगानिस्थान पुगेपछि उनी नेपाल खैरो हेरोइन पठाउने मुख्य एजेण्टको रुपमा स्थापित भएको प्रहरीको भनाई छ । उनका छोरा र छोरी समेत कारोवारमा जोडिए । त्यति मात्रै हैन, गोपीमायाको र्‍याकेटमा जोडिएर १३ जना जेल पुगेका छन्। नेपाल, भारत, पाकिस्तानदेखि थाइल्याउण्डसम्म अरु थुप्रै व्यक्ति काँइलीकै गिरोहबाट जेल परेको हुनसक्ने प्रहरीको आशंका छ ।

धादिङ र नुवाकोटबाट अलगअलग नागरिकता बनाएकी काँइली अर्थात गोपीमाया समातिएपछि अब नेपालबाट डलर लिएर पठाउने र विदेशबाट खैरो हेरोइन बोकाएर ल्याउने समुह कमजोर हुने प्रहरीको अपेक्षा छ ।

तपाइँको प्रतिक्रिया