थप २४ जनाको मृत्यु, २४ सयमा नयाँ संक्रमित
फ्ल्यासन्युज नेपाल२०७८ असार १० गते १७:१२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८,९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै २,४७४ जनामा कोरोनाभाइरस संक्रमित थपिउक्ँ छन्् । । पछिल्लो २४ घण्टामा १२,२३२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,९९७ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २० प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा २,५१८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९०.५ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६० हजार पुगेको छ ।