मंगलबार, असोज १६, २०८०

अन्तर्राष्ट्रिय हवाई उडान आजदेखि शुरु हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ असार १० गते १०:०३

काठमाडौं । निषेधाज्ञाका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि शुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार आज नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् ।

भोलि नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने शनिबार कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ ।

यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु हुनेछन् ।

मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा असार १७ देखि आन्तरिकतर्फका नियमित हुने उल्लेख छ ।

असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया