पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक
काठमाडौं । आसन्न १४ औं महाधिवेशन लक्षित गर्दै नेपाली कांग्रेस भित्रको राजनीति तात्दै गएको छ । महाधिवेशनलाई लक्षित गर्दै संस्थापन पक्ष र इतरपक्षबीचका छुट्टाछुट्टै बैठकहरु बस्न थालेका छन् । यसै सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन।
पौडेका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बिहीबार २ बजेका लागि भेला डाकिएको बताएका छन । गत ४ असारमा बसेको केन्द्रीय समिति बैठकले १६ भदौबाट महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको छ।
केन्द्रीय समितिको बैठकलगत्तै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनलक्षित गतिविधि थालिसकेका छन्।
उपसभापति विमलेन्द्र निधिले समेत महाधिवेशनको तयारी थालेका छन्। सभापति पदमा दाबी गर्दै निधिले आफूनिकट र अन्य समूहका नेताहरूसँग छलफल गरिसकेका छन्।
पौडेल समूहमा सभापतिका धेरै आकांक्षी छन्। १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेल आफैँ सभापतिका आकांक्षी हुन् ।
महामन्त्री डा.शांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुनरसिंह केसी, डा। शेखर कोइरालालगायत पनि सभापतिका आकांक्षी हुन्। पार्टी सभापति शेर बहादुर देउवाले पनि यस अघि केन्द्रीय पदाधीकारीहरुसँग आफूलाई सहयोग गर्नका लागि अपिल गरिसकेका छन् ।