शनिबार, असोज १३, २०८०

ओलीलीले पछिल्लो पटक प्रधानमन्त्रीका लागि गरेको दाबी गलत- खम्मबहादुर खाती

फ्ल्यासन्युज नेपाल२०७८ असार ९ गते १२:२७

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतीपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको तर्फबाट बहस गद बार एशोसियसनका पूर्वमहासचिव खम्म बहादुर खातीले केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि गरेको पछिल्लो दाबी गलत भएको बताएका छन् ।

अधिवक्ता खातीले संविधानको रक्षा नगरी प्रधानमन्त्री केपी शर्मा ओली शृङ्खलावद्ध तरिकाले विघटनमा लागेको बताए । उनले राष्ट्रपतिले पनि संविधान कुल्चिने काम गरेको भन्दै संविधानको धारा ७६(३)बाट सीधै ५ मा प्रवेश गरेको बताए ।

वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेँ भन्ने प्रधानमन्त्रीले फेरि सरकारको दाबी गर्न मिल्दैनु, उनले भने, मार्ग प्रशस्त भन्नु ओलीले सरकार बनाउन नसक्ने आधारमा भनिएको हो।ु

तपाइँको प्रतिक्रिया