बाजुरामा सडकमाथिबाट खसेको ढुंगा लागेर नेपाली सेनाका जवानको निधन
फ्ल्यासन्युज नेपाल२०७८ असार ६ गते १०:०६
काठमाडौं । सडक माथिबाट खसेको ढुंगा लागेर बाजुरामा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । शनिबार बेलुकी ७ बजेतिर जगन्नाथ गाउँपालिका जुड्डी नजिकै घुत्कने सडक माथिबाट आएको ढुंगा लागेर निधन भएको स्थानीय धन बहादुर धामीले जनाएका छन् ।
मृत्यु हुनेमा पहाड बाजुराको रुगिन घर भएका बर्दिया तराई घर बताउने जनमुक्ति सेनाबाट समायोजन भई नेपाल आर्मीको जवानपदमा कार्यरत दिल बहादुर भण्डारी रहेका छन् ।
शवको अबस्था निकै छेद बिछेद अबस्थामा फेला परेको र उनको झोलामा रहेको कागज पत्रको आधारले मात्रै पहिचान खुलेको जनाइएको छ ।