नासाको आयोजनामा डा महावीर पुनसँग भेटघाट कार्यक्रम सम्पन्न
नासाको आयोजनामा डा महावीर पुनसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत जुन १८ शुक्रबारका दिन नर्थ क्यारोलाइनाका दुई शहरहरु सार्लोट र केरीमा सम्पन्न भएको सो भेटघाट कार्यक्रम नासा र स्थानीय संघ/संस्थाहरुको आयोजनामा सम्पन्न भएको थियो ।
अमेरिकाबाट नै आफ्नो अध्ययन पुरा गरि नेपाल फर्किएका डा पुन नेपालको प्रविधि र बिकाशमा बिगत २० बर्ष देखि लागि रहेका छन् । बिगत ३ बर्ष देखि अनुसन्धान र खोजमा आफ्नै सँस्था(एनआइसी) राष्ट्रिय आविष्कार केन्द्र मार्फत लागि परेका डा पुन कोरोनाको महामारीमा समेत नेपालीहरुलाई सहयोग गरि रहेका छन ।
यसै क्रममा हाल अमेरिकाको भ्रमणमा रहेका डा पुन संग भेटघाट गर्ने र उनका कुराहरु सुन्ने कार्यक्रमको आयोजना गरिदा स्थानीय नेपालीहरु उल्लेख्य रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा लगातार दुई घण्टा सम्म बोली रहदा पनि डा पुनका कुरा सुन्न सहभागीहरु अझ उत्साहित रुपमा बसी रहेका देखिन्थे । छलफल र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको भए पनि आयोजक र सहभागीहरु राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न तछाड मछाड गरि लागि परेको समेत पाइयो ।
नासाले आयोजना गरेको दुवै कार्यक्रमहरुमा पनि उल्लेख्य आर्थिक संकलन भएको जनाइएको छ । स्थानीय संस्थाहरु एनसिएनसि,जिसीएनए,वेव र लब एण्ड सपोर्ट लगायतका संस्थाहरुसंग सहकार्य गरि नासाले आयोजना गरेको उक्त कार्यक्रममा सार्लोट शहरमा लगभग ३ हजार ५ सय डलर र केरीमा भएको अर्को कार्यक्रममा ८ हजार डलर भन्दा बढी आर्थिक संकलन भएको थियो ।
सो सबै संकलित रकमहरु राष्ट्रिय आविष्कार केन्द्रको खातामा हस्तान्तरण गरिने कुरा जनाइएको छ । दुवै स्थानमा सम्पन्न कार्यक्रम नासाका अध्यक्ष बिनय अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।
दुवै कार्यक्रममा बोल्दै डा महाबिर पुनले अमेरिकामा रहनु भएका सबै नेपालीहरुलाई आविष्कार केन्द्र संग जोडिन र आवश्यक परे अमेरिकामा नै आविष्कार केन्द्रको शाखा समेत खोलेर जोडिन आग्रह गरे ।
अमेरिकामा भएका नेपाली युवाले आविष्कार गरेको सेन्सर(संवेदक)यन्त्रको प्रदर्शन गरेका थिए । कार्यक्रम सम्पन्न गर्न स्थानीयहरु रबिन्द्र कार्की,बाबु सुबेदी,बाबुराम दवाडी,भिम तिमिल्सिना,बिशाल भारती,दोरेन अधिकारी ,आनन्द घिमिरे,बिश्व खरेल,सचिन पराजुली ,भुपाल अर्याल, मनोज राई ,बिनोद भट्ट ,बिपी पोख्रेल ,होम पाण्डे ,भोजराज घिमिरे,सुमन वस्ती लगायतका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सो दुवै कार्यक्रमको प्रत्यक्ष प्रसारण ईनेप्लिज र रुपान्तरण लगायतका संचार माध्यमले गरेका थिए ।