मंगलबार, असोज १६, २०८०

राहत सामग्रीसहित अखिलको उद्धार टोली मेलम्ची प्रस्थान

फ्ल्यासन्युज नेपाल२०७८ असार २ गते १६:२५

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मेलम्चीका बाढी र पहिरो पीडितहरूको उद्दार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई बिदाई गरेका छन् ।

पार्टी कार्यालयमा महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई बिदाई गरेका हुन । अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । राहत तथा उद्दार टोलीले पीड़ितहरूलाई वितरण गर्न २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।

महासचिव पोखरेलले नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभएको प्रेस चौतारिकका महामासचिव एवम् पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया