मंगलबार, असोज १६, २०८०

बाढीपहिरो प्रभावितको उद्धार, राहत र व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ असार २ गते १३:१८

काठमाडौं । सरकारले सबै मन्त्रालयलाई परिचालन गरेर बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काम प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पनि स्वीकृत गरेको छ ।

बैठकले विपद् व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि पनि स्विकृत गरेको छ ।

बैठकमा समितिका अध्यक्ष एवं गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिनु भएको थियो ।

बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्बर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गा व्यवस्थापनका लागि बजेट विनियोजन समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया