मंगलबार, असोज १६, २०८०

कांग्रेस सभापति देउवाद्वारा बाढीपहिरो पीडितकाहरुको तत्काल उद्धार र राहत गर्न माग

फ्ल्यासन्युज नेपाल२०७८ असार २ गते १०:०५

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांगेसका सभापति शेर बहादुर देउवाले बाढी पहिरो पीडित नागरिकहरुको तत्काल उद्धार गरि राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल फेसबुक मार्फत उद्धारका लागि कांगेस कार्यकर्तालाई खट्न समेत निर्देशन दिएका छन् ।

उनले भनेका छन, केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।

सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।

तपाइँको प्रतिक्रिया