निर्वाचन आयोग विरुद्ध कानूनी लडाई लड्छौं- यादव
काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताएका छन् ।यादवले आज विज्ञप्ति निकालेर यादवले आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको तथा पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष रहेको उल्लेख गरेका छन्।
अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई गरिएको कारबाहीबारे आयोगले कार्यान्वयन गर्न नसकिने बताएकोमा आयोगको भूमिका निष्पक्ष हुन नसकेको यावद बताउँछन्।
ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको यादवले बताएका छन्।
‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरूप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन,’ उनले भनेका छन्, ‘यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ।’
अध्यक्ष यादवले आयोगले गरेका कामबारवाहीविरूद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा अध्यक्ष ठाकुर पक्षका नेता सहभागी भएपछि जसपाभित्र विवाद छ।
अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारवाही गर्दै त्यसको जानकारी आयोगमा पठाइरहेका छन् तर आयोगले कुनै पक्षको कारवाहीलाई पनि कार्यान्वयन गरेको छैन।
हेर्नुहाेस् विज्ञप्ति