विषाक्त मदिरा सेवनबाट सर्लाहीमा तीन भारतीयसहित आठ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ असार १ गते १४:१९
सर्लाही । सर्लाहीमा विषाक्त रक्सी खाँदा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ।
ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ५ पडरियामा चार दिनयता उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।
२४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझीको मृत्यु भएको साहले बताए ।
यस्तै स्थानीय चन्दन इट्टा उद्योग र नेपाल कट्टा इट्टा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको मृत्यु भएको हो ।
तीन जना भने उपचार पश्चात् निको भएका छन । प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।