पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ३१ गते १०:३६
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। यस अघि कोरोना संक्रमित भएर अस्पताबाट डिस्चार्ज भएका खनाल पून: विरामी भएर अस्पताल भर्ना भएका हुन्।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको बताएको छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पतालले जनाएको ।