शनिबार, असोज १३, २०८०

जी सेभेन बैठकले चीनको प्रभाव कम गर्ने प्रस्ताव पास

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ३० गते १३:२८

लन्डन । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जि–सेभेनका सरकार तथा राष्ट्रप्रमुख विश्वभर बढ्दै गएको चीनको प्रभाव रोक्न सहमत भएका छन् ।

बेलायतको कोर्नवेलमा जारी जि सेभेनको शिखर बैठकले चीनको प्रभाव कम गर्ने प्रस्ताव पास गरेको हो । चीनको प्रभाव रोक्नका लागि जी सेभेनमा आवद्ध राष्ट्रहरुले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने भएका छन् । विश्वभर बढ्दो चिनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना जि सेभेनले पास गरेको हो । सो प्रस्ताव अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेका थिए । सो प्रस्तावलाई जि सेभेनले बि–थ्रि–डब्लु अर्थात ब्युल्ड ब्याक बेटर वल्र्ड नाम दिएको छ ।

जि सेभेनको ‘बि–थ्रि–डब्लु’ प्रस्तावलाई चिनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बि।आर।आई।० को विकल्पको रुपमा हेरिएको छ । बिआरआई मार्फत चिनले गरिब मुलुकहरलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको जि सेभेनको ठम्याई छ । जि सेभेनका देशहरु चिनको प्रभाव रोक्ने विषयमा सहमत भएपनि गरिब देहरुलाई कसरी सहयोग गर्ने भन्नेबारे ठोस निर्णयमा पुगिसकेका छैनन् ।

गरिब देशहरुसँग भौतिक पूर्वाधारमा सम्मानजनक र न्यायोचित साझेदारी विकास गर्ने जि सेभेनको वाचा छ ।

तपाइँको प्रतिक्रिया