मंगलबार, असोज १६, २०८०

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षपछि सत्ता गुमाउँदै

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ३० गते १२:३४

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षे सत्तामा आइतबार समाप्त हुनेवाला छ । दलहरूको एउटा अनपेक्षित गठबन्धनले बनाउने अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ।

इजरायलको मार्च २३ को चुनाव पछि दुई वर्षमा चौथो पटक इजरायलको सबैभन्दा प्रभावशाली इजरायली राजनीतिज्ञ ७१ वर्षीय नेतान्याहू सरकार गठन गर्न असफल देखिएका हुन् । मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुन अग्रसर देखिएका अन्तराष्टिय समाचार माध्यम अल्जाजीराले उल्लेख गरेको छ ।

इजरेलमा सबैभन्दा लामो समय शासन गर्ने नेता नेतान्याहुले थुप्रै वर्ष त्यहाँको राजनीतिक परिदृश्यलाई आफ्नो अधिनमा राख्न सफल भएका थिए । उनी अझै दक्षिणपन्थी लिकुड पार्टीको नेता र प्रतिपक्षी दलको नेताका रूपमा रहिरहनेछन्।

उनले सम्भावित नयाँ सरकारप्रति कडा शब्द प्रहार गर्दै त्यसलाई धोकेबाज र आत्मसमर्पणवादीहरूको खतरनाक गठबन्धनु को सङ्ज्ञा दिएका छन्।

 

तपाइँको प्रतिक्रिया