मंगलबार, असोज १६, २०८०

नेपालमा कोरोना संक्रमितहरुको संख्या घट्दै

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २९ गते १६:५८

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । नेपालमा विगत २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ। त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ।

तपाइँको प्रतिक्रिया