शनिबार, असोज १३, २०८०

एमालेद्वारा प्रधानमन्त्री ओलीलाई ज्यान मार्ने धम्की दिने सांसदलाई फौजदारी कानून अनुसार कार्बाही गर्न माग

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २९ गते १०:४२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने सांसदलाई कार्बाहीको माग गरेको छ । बागमति प्रदेशका सांसदले प्रधानमन्त्री केपी शर्मा ओललाई ज्यान मार्ने धम्की पूर्ण अभिव्यक्ति दिएपछि नेकपा एमालेले फौजदारी कसुर अनुसार कार्बाहीको माग गरेको हो ।

प्रदेशसभाको रोष्ट्रमबाट कांग्रेस सांसद नरोत्तम वैद्यले भने–ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?

उनको गैर अभिव्यक्ति प्रति नेकपा एमालेले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई हत्या गर्न अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्या गर्ने अभिव्यक्ति प्रति खेद प्रकट गर्दै फौजदारी कानून अनुरु्प कार्बाहीको माग गरेको छ ।
हेर्नुहोस् एमालेद्वारा जारी विज्ञप्ति

तपाइँको प्रतिक्रिया