थप ६७ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २८ गते १७:०६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० संक्रमित थपिएका छन् । ५१८२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थप ५२२५ जनाले कोरोना महामारीलाई जितेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ५२०८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।