सोमबार, असोज १५, २०८०

जनमोर्चाका सांसद थापा पून: पनि पदमुक्त

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २८ गते १२:२४

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न राष्ट्रिय जनमोर्चा संसदीय दलले ह्वीप जारी गरेको थियो । तर थापाले ह्वीप उल्लंघन गर्दै तटस्थ बसेका थिए । थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो ।

 

यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए ।

एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएका थिए ।

तपाइँको प्रतिक्रिया