बाइडेनको प्रथम विदेश यात्रा ,५ सय मिलियन कोरोना बिरुद्ध खोप दिने प्रतिबद्धता
एजेन्सी । राष्ट्रपति जो बाइडेन पहिलो पटक बिश्वका नेताहरुसंग भेटघाटको लागि मुलुक बाहिर निस्केका छन् । उनलाई भ्याई नभ्याई भएको अवस्थामा उनले विभिन्न मंचमा सम्बोधन गरि रहेका छन् ।
उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंग भेट्ने कार्यक्रमले निकै महत्व राख्नेछ ।
युरोपको भ्रमणमा उनले ५ सय मिलियन कोरोना बिरुद्धको खोप बिश्व जगतलाई दिने प्रतिबद्धता जाहेर गरेका छन् । उनले युरोपमा हुने शिखर सम्मलेनमा उक्त बाचा गरेका छन् ।
बाइडेनले बेलायती प्रधान मन्त्रिलाई शिखर सम्मेलन हुनुभन्दा अघि बिहीबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनसंग भेट्ने कर्यक्रम रहेको छ ।
बिडेनले बुधवार पूर्वी बेलायतको एउटा हवाई अड्डामा अमेरिकी सेनालाई भने, “हामी यो कुरा स्पष्ट पार्न जाँदैछौं कि संयुक्त राज्य पुन: प्रवेश गरेको छ र विश्वका प्रजातन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरूको सामना गर्न एक साथ एक बद्ध छन्।”