नर्थ अमेरिकाको लागि ख्याती प्राप्त पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला,सदीक्षा तथा मनिता आउने
डिसी । विश्व कै सम्राट राज्य न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि ख्याती प्राप्त पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ तथा मनिता देवकोटा आउने भएका छन् ।
मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । यसै गरि सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।
सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनि मिस नेपाल वर्ल्ड २०१० हुन् । यसको साथै यस पटक उत्तर अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा एकै पटक पूर्व नेपाल सुन्दरीहरूले प्रतियोगीहरूलाई तालिम र अन्य प्रशिक्षण गराउने छन् । श्रेष्ठले यस भन्दा अगाडी दुईवटा प्रतियोगितामा कोरियोग्राफर अर्थात् मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरि सकेकी छिन ।
यसै गरि अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटा सन् २०१८ कि मिस नेपाल युनिभर्स हुन् । उनको भूमिका भने प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन । कार्यक्रम आगामी अगस्त ७ ,शनिवार ,२०२१ को दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिए अन्तिम मिति आगामी जुन १५ ,२०२१ तोकिएको छ । आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् केवल ६ दिन मात्र भएकोले शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।
नेपाल टुरिज्म बोर्ड( पर्यटक बोर्ड )ले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनीत गर्नेछ । ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ७ का दिन न्यू योर्क शहरमा हुनेछ ।
सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।
११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।
सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए ।
पूर्व नेपाल सुन्दरीहरुकको संक्षिप्त चिनारी :
शृंखला खतिवडा :
शृंखला खतिवडा अत्यन्तै आकर्षित मोडेल ( प्रतिरूप ),सुन्दरी ,प्रतिभावान तथा २०१८ की मिस नेपाल वर्ल्ड हुन् । अर्थात् पूर्व नेपाल सुन्दरीको ताज जितेकी हुन् । उनि स्वयम् एक पेशाले अभियन्ता(इन्जिनियर)हुन् भने उनले पुल्चोक क्याम्पसमा आफ्नो समूहमा सर्वोत्तम (शीर्ष)स्थान हासिल गरेकी छिन ।
टपर अर्थात् अव्वल दर्जाकी बिधार्थी रहेकी खतिवडा बिश्व व्यापी रूपमा सर्वाधिक चर्चित छिन । उनले थुप्रै सामाजिक क्रियाकलापमा संलग्न छिन । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा (ब्युटी विथ पर्पोज )उद्देश्य सँग सौन्दर्य पदक प्राप्त गर्न सफल भएकी थिइन् ।
यसको अतिरिक्त उनी विश्व शान्तिका लागि शिक्षादाताहरूको एक राष्ट्रिय कुलपति पनि हुन् । साथै उनि एक घर प्रतिष्ठान(वान होम फाउन्डेसन ) कि अध्यक्ष पनि हुन् ।
उनि नेपालका विभिन्न स्थानमा मानवीय परियोजनामा संलग्न छिन् । साथै दीर्घकालीन परियोजनामा काम गरि रहेकी छिन ।अमेरिकाको हार्वर्ड बिश्वविद्यालयमा शहरी विकास विषयमा अध्ययन गर्न आउने भएको छिन ।
मनिता देवकोटा :
मनिता देवकोटा पूर्व नेपाल सुन्दरी हुन् । देवकोटा सन् २०१८ कि मिस नेपाल युनिभर्स हुन् । उनि बालिका/युवतीहरूको शिक्षा, जन स्वास्थ्य तथा महिला सशक्तिकरणमा वकालत गर्छिन् । उनि हाल नेपालका युवती र महिलाहरूको स्तरमा परिवर्तन गर्न काम गरि रहेकी छिन ।
उनि बालिका अन्तर्राष्ट्रियकी महिला स्वास्थ्यकी राजदूत हुन्।
सदीक्षा श्रेष्ठ :
सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् । उनि २०१० की मिस नेपाल वर्ल्ड हुन् । उनले सन् २०१० को अक्टोबरमा भएको बिश्व सुन्दरी प्रतियोगिता सहभागी भएकी थिइन् । उनि उक्त प्रतियोगितामा बेस्ट वाक तथा वेस्ट फोटोजेनिक (अर्थात् उत्कृष्ट हिँडाई तथा उत्कृष्ट चित्रण योग्य )मा पदक जित्न सफल भएकी थिइन् ।
उनले सन् २०१० सबैभन्दा ज्यादा सब टाइटल (उप शीर्षक)पदक प्राप्त गरेकी थिइन् । उनि सन् २०१० मा डब्लुडब्लुएफ की युवा संरक्षण दूतमा नियुक्ति भएकी थिइन् ।
यसै गरि श्रेष्ठले सन् २०११ मा नेपाल पर्यटक बर्षको सद्भावना दुतमा पनि काम गर्ने अवसर प्राप्त गरेकी थिइन् । उक्त सिलसिलामा उनले मध्य पूर्व देशहरु भ्रमण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।