शनिबार, असोज १३, २०८०

फिफा विश्वकपको छनोटमा ब्राजिलको लगातार छैटौं जित

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २६ गते १३:२९

एजेन्सी । फिफा विश्वकपको छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।
छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो । ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाइँको प्रतिक्रिया