सोमबार, असोज १५, २०८०

सर्वाेच्च अदालतले मन्त्रीपरिषद विस्तार विरुद्ध अन्तरिक आदेश दिएन

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २५ गते १५:२९

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तारविरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको छ । काम चलाउ सरकारले मन्त्रीपरिषद विस्तार गरेको भन्दै्र त्यस विरुद्ध रिट दर्ता भएका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको इजलासले सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो । सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गर्दै सर्वोच्चले दुवै पक्षलाई असार ८ गते छलफलका लागि बोलाएको हो ।

सोमबार अदालतमा मन्त्रिपरिषद्  विस्तारका विरुद्धमा पाँचवटा रिट दर्ता भएका हुन्। सरकारको वैधानिकताबारे अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भएकोले यसलाई रोक्‍न आदेश माग गरिएको छ।

तपाइँको प्रतिक्रिया