मंगलबार, असोज १६, २०८०

अनलाइन होम डेलिभरी नरोक्न सर्वोच्चको आदेश

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २५ गते १०:०८

काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ(कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो ।

कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्याउनु पर्ने बताएको छ। त्यसका लागि सरकारले जारी गरेको होम डेलिभरी सम्बन्धी मापदण्ड २०७७ अपनाएर सेवा प्रवाह गर्न सकिने आदेशमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया