अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २४ गते १३:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन्।
कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफल भएको हो । नेता नेपालले अध्यक्ष ओलीले पार्टी एकताका नाममा जालझेल गर्नसक्ने आशंका गर्दै आएका छन् ।
एमाले अध्यक्ष ओलीले हिजो राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए। ओलीले नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने सर्त राखेका थिए।