मंगलबार, असोज ९, २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदै

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २४ गते ११:१७

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् ।

नेकपा एमाले स्थायी कमिटी बैठकको निर्णय विपरित बहुमत सांसद रहेको माधव नेपाल निकट सांसदहरुले भट्टलाई साथ दिएपछि उनी विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ ।

गत जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया