मंगलबार, असोज १६, २०८०

पूनर्गठित मन्त्रीहरुले लिए सपथ (को-को भए मन्त्री हेर्नुहोस सूची)

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २१ गते २१:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणसमेत गरेका छन् । जनता समाजवादी पार्टीका १० र नेकपा एमालेबाट दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन्। शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन्।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन्। उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन्।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
  • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
  • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
  • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
  • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
  • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
  • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार
  • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
  • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
  • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
  • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
  • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

तपाइँको प्रतिक्रिया