भट्टराई-यादवपक्षद्वारा चार जना नेता निष्काशित
फ्ल्यासन्युज नेपाल२०७८ जेठ १८ गते १४:२२
काठमाडौं । जनता समाजवादी पार्टीका बाबुराम भट्टराई( उपेन्द्र यादव पक्षद्वारा चार जना नेतालाई निष्काशन गरेको घोषणा गरेका छन् । उनीहरुले महन्थ ठाकुर,राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासनको घोषणा गरेका छन् ।
लामो समय देखि आन्तरिक विवादमा रुमलिएको जसपा फुटको सघारमा देखा परेको हो । यस अघि दुई समूहबीच एकले अर्कालाई स्पष्टिकरण सोध्ने क्रम दोहोरिएको थियो ।