साँझ ५ बजे बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगित
फ्ल्यासन्युज नेपाल२०७८ जेठ १६ गते १६:२८
काठमाडौं।नेकपा एमाले स्थायी कमिटी साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षको गतिविधिलाई लक्षित गर्दै आफ्नै पार्टीहित विपरीतको गतिविधि इतिहासमै अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको अभिव्यक्ति दिएका छन्। साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो ।
यसैक्रममा अकस्मात् बैठक स्थगित भएको हो । बैठक भोलि बिहान १० बजे बस्ने भएको छ ।