मंगलबार, असोज ९, २०८०

अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएपछि देउवा निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १६ गते १०:५३

काठमाडौं । काम चलाउ सरकारले अध्यादेश मार्फत पूर्ण आकारको बजेट ल्याएको अन्तुष्टिमा प्रमुख विपक्षी गठबनधका शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको छ ।

बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुषाल र राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारी सहभागी छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा र देव गुरुङ छन् । यस्तै, एमालेको खनाल(नेपाल पक्षबाट नेता माधवकुमार नेपाल र भीम रावल तथा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमाथि आजैदेखि बहस हुने विषयमा समेत छलफल हुने एक नेताले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया