सोमबार, असोज १५, २०८०

अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १५ गते ११:०९

अफगानिस्तान । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् ।

देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए ।घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन् । अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुदै आएका छन् ।

बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया