प्रधानमन्त्री ओली आज राष्ट्रका नाममा सम्बोधन गर्दै
फ्ल्यासन्युज नेपाल२०७८ जेठ १४ गते १२:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रकाे नाममा समबोध गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलेले आज अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन
थापाले ट्विट मार्फत भनेका छन्, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज २०७८ जेठ १४ गते शुक्रबार अपरान्ह ४।०० बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था गरिएको सबै सञ्चार माध्यमहरूलई अनुरोध गर्दछु ।
प्रतिनिधि सभा विघटन गरेका ओलीले पछिल्लो पटक पत्रकार सम्मेलन गर्दे आफ्नो धारणा समेत राख्दै आएका छन् ।