मंगलबार, असोज १६, २०८०

पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १३ गते १६:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
यस्तै, ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया