शनिबार, असोज १३, २०८०

कोभिड १९ को उत्पतिबारे तीब्र अनुसन्धान गर्न अमेरिकाका राष्ट्रपतिको निर्देशन

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १३ गते १२:१५

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोभिड १९ को उत्पतिबारे तीब्र अनुसन्धान गर्न गुप्तचर एजेन्सीलाई निर्देशन दिनुभएको छ ।

भाइरसको उत्पतिबारे चलिरहेका विभिन्न हल्लाका बीच ९० दिन भित्र प्रतिवेदन पेश गर्न बाइडेनले निर्देशन दिनुभएको हो । चीनको वुहानमा सन् २०१९ मा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म १६ करोड ९० लाखमा पुष्टि भइसकेको छ ।

३५ लाख बढीले ज्यान गुमाएका छन् । वुहानको समुन्द्री खाना पाउने बजारबाट भाइरस मानिसमा सरेको हाल सम्मका अनुसन्धानमा उल्लेख छ । चिनियाँ प्रयोगशालामा भाइरस बनाइएको सम्भावनाका विषयमा समेत अनुसन्धान गर्न गुप्तचर एजेन्सीलाई भनिएको छ । यद्यपी, बेइजिङ्गले भने अमेरिकी प्रयोगशालामा बनेको भाइरस चीनलाई असफल बनाउन प्रयोग गरिएको आरोप लगाउने गरेकोछ ।

भाइरसको उत्पतिबारे भएका अनुसन्धानमा चीनले गरेका असहयोगका कारण शंका उत्पन्न भएको अमेरिकी पक्षले दाबी गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया