सोमबार, असोज १५, २०८०

कोरोना संक्रमणदर घट्दै संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्दो

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १२ गते १७:११

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

तपाइँको प्रतिक्रिया