मंगलबार, असोज १६, २०८०

स्थायी कमिटीलाई चुनौती दिदै, एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट नबाहिरिने निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १२ गते १४:३४

काठमाडौं । सूदुरपश्चिम प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको सूदुरपश्चि प्रदेश संसदीय दलको बैठकले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

नेकपा एमाले स्थायी कमिटी बैठकले सूदुरपश्चिम प्रदेशमा माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर सूदुरपश्चिम प्रदेश सरकारमा सहभागी बनेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने घोषणा गरेको हो ।

कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

 

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए । सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

तपाइँको प्रतिक्रिया