शनिबार, असोज १३, २०८०

देउवा निवासमा कांग्रेस पदाधीकारीहरुको बैठक जारी

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १२ गते १२:५१

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ ।

केहीबेर अगाडि सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनमा दायर गरेको रिट र विपक्षी गठबन्धनसंगको सहकार्यका बारेमा छलफल भइरहेको छ ।

यस्तै आजको बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल हुने बुझिएको छ । आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन् ।

अब कसरी अगाडि बढ्ने र १४ औं महाधिवेशन तयारीबारे आवश्यक रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन् । यसअघि हिजो सभापति देउवाले गठबन्दनका शिर्ष नेताहरुसंग छलफल गरेका थिए ।

तपाइँको प्रतिक्रिया