पूर्व सभामुखहरुले भने प्रतिनिधिसभा विघटन असंवैधानिक
काठमाडौं । पूर्व सभामुखहरुले प्रतिनिधि सभा विघटन हुनु असंवैधानिक भएको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि मंगलबार सभामुख अग्नी प्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए ।
बैठकमा सहभागी भएर बाहिरिएका पूर्वसभामुखसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कोरोना संकटका बेला प्रतिनिधि सभा नहुनु दुस्खद भएको बताए।
‘संकटका बेला प्रतिनिधि सभा छैन,’ उनले भने, ‘राजनीतिक विवाद समाधान गर्ने थलो संसद हुनुपर्ने हो तर अदालत जानुपरेको छ।’त्यस्तै पूर्वसभामुखसमेत रहेकी नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले प्रतिनिधि सभामाथि आक्रमण हुनु असंवैधानिक भएको बताइन्।
‘हामीले एकमतका साथ प्रतिनिधि सभामाथि आक्रमण भएकोमा यो असंवैधानिक ठहर गरियो। दुईदुई पटक प्रतिनिधि सभा विघटन गरियो यो असंवैधानिक हो,’ उनले भनिन्, ‘यो सरासर असंवैधानिक हो। जनताको मतसँग अपमान हो।’साथै उनीहरुले अध्यादेशबाट बजेट ल्याउन नहुने कुरामा समेत जोड दिएका छन् । बैठकमा पूर्व सभामुख सुवाचचन्द नेम्वाङ कार्यव्यस्तता देखाएर बैठकमा उपस्थित भउनन्। पूर्वसभामुख तारानाथ रानाभाट भने पोखरा रहेकोले भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।