बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँके जिल्लामा कोभिडका कारण थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा हिजो साँझ देखि आज बिहानसम्म मृत्यु हुनेको संख्या १० पुगेको हो ।
मृत्यु हुनेहरुमा बैजनाथ गापा ४ ,बाँकेका ३८ वर्षीय महिला रहेकी छिन । उनको हिजो राती ३ बजेर ५० मिनेटमा भएको हो । जेठ ५ गते पीसीआर पुष्टि भइ ९ गते कोहपुर अस्पतालमा भर्ना भएर उपचार गराईरहनु भएको थियो ।
त्यसैगरि तुल्सिपुर उमनपा ८ दाङका ५६ वर्षका पुरुषको ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो । उहाँ बैशाख १७ मा कोरोना पुष्टि भइ ३० गते भेरी अस्पतालमा भर्ना भएर उपचार गराई रहनुभएको थियो ।
कोहलपुर नपा ४७ बाँकेका ४७ बर्षका पुरुष बैशाख १९ गते कोरोना पुष्टि भइ ३१ गते भेरी अस्पतालमा भर्ना भएर उपचार गराई रहनुभएको उहाँको जेठको १० गते साझ मृत्यु भएको हो ।
नेपालगन्ज उमनपा १८ बाँकेका ८५ वर्षीय महिला हुनुहुन्छ । उहाँ बैशाख २८ गते कोरोना पुष्टि भइ जेठ १ गते भेरी अस्पतालमा भर्ना भएर उपचार गराई रहनु भएको थियो । उहाँको उपचारका क्रममा हिजो ६ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
त्यसैगरि तुलसिपुर उमनपा १२ दाङका ४० बर्षीय महिलाको हिजो राती ९ बजेर १० मिनेटमा मृत्यु भएको हो । उनी बैशाख ३० गते कोरोना पुष्टि भइ ३१ गते भेरी अस्पतालमा भर्ना भएर उपचार गराईरहनु भएको थियो ।
बासगंढी नपा ३ बर्दियाका ६५ वर्षका पुरुषको १० बजेर मृत्यु भएको थियो । जेठ ५ गते कोरोना पुष्टि भइ ५ गते नै कोहपुर अस्पतालमा भर्ना भएर उपचारत रहेका थिए । जेठ २ गते कोरोना पुष्टि भइ २ गते नै भेरी अस्पतालमा भर्ना भएका थिए ।
त्यसैगरि घोराही उमनपा १८ दाङ ५१ वर्षका पुरुषको हिजो राती २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । बढैयाताल गापा ६ बर्दियाका ६० बर्षीय महिलाको हिजो राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो । उनी बैशाख ५७ गते कोरोना पुष्टि भइ जेठ २७ गते कोहपुर अस्पतालमा भर्ना भएर उपचार गराईहेकी थिइन् ।
कोहलपुर नपा १० बाँकेका ७१ वर्षका पुरुषको आज बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उहाँ जेठ ४ गते कोरोना पुष्टि भइ ५ गते भेरी अस्पतालमा भर्ना भएका थिए । र खजुरा गापा ४ बाकेका ३२ वर्षीय महिला रहेकी छिन ।
उहाँको आज बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो । उनी बैशाख २९ गते कोरोना पुष्टि भइ २९ गते नै भेरी अस्पतालमा भर्ना हुनु भएको थियो । यो सँगै बाँकेमा जिल्लामा मृत्यु हुनेको संख्या २७९ पुगेको छ भने अन्य जिल्लाको मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।