शुक्रबार, जेठ २६, २०८०

थप १८५ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १० गते १६:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट हाल सम्म ५६३१ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४२५ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ५२०४६१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ३९८४८३ जनाले हालसम्म कोरोना जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया