शुक्रबार, जेठ २६, २०८०

१४६ जनाको हस्ताक्षर सहित विपक्षी दलहरुद्वारा रिट दायर

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १० गते १४:५४

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस सहितका दलहरुले १४६ जना सांसदहरुको हस्ताक्षर सहित सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यसका लागि सांसदहरु आफै अदालतमा उपस्थित भएका थिए ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका थिए ।

तपाइँको प्रतिक्रिया