मंगलबार, जेठ १६, २०८०

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदहरु कोको छन् ?सूचीसहित

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १० गते १४:४१

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीको लागि माग दावी गर्दै रिट निवेदनमा एमालेका २३ जनाले हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा नेपाल पक्ष २३ जनाले रहेको सांसद विरोध खतिवडाले जानकारी दिए । यसअघि नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने अर्की सांसद निरादेवी जैरुले बताएकी थिइन् ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् ।
क कसको हस्ताक्षर छ हेर्नुहोस् सूची

१. विरोध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. सोमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवी जैरू

८. सरलाकुमारी यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चौधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञ सुनुवार

१९. सुरेन्द्र पाण्डे

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा

तपाइँको प्रतिक्रिया