शुक्रबार, जेठ २६, २०८०

नेपालकाे पहिलाे विद्यावारिधि गर्ने महिला बानिरा गिरीकाे निधन

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १० गते १३:५५

काठमाडौं । अग्रज कवि एवं लेखिका डा.बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ।

हृदयाघातका कारण साहित्यकार गिरीको निधन भएको हो । हृदयाघात लगत्तै आइतबार राति नै नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो ।

अस्पताल लगेको केहीबेरमै चिकित्सकले मृत घोषित गरेका थिए। तीन साताअघि गिरीलाई कोरोना संक्रमण भएको थियो । विगत तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित गिरी घरमै आराम गरिरहेकी थिइन ।

विद्यावारिधि गर्ने नेपालकै पहिलो महिला गिरीले कवि गोपालप्रसाद रिमालमाथिको शोध कृतिमार्फत् त्रिभूवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्त गरेकी थिइन् ।

२०२२ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन गिरी खर्स्याङबाट काठमाडौँ आउनुभएको थियो । गिरीको पहिलो कविता संग्रह ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ प्रकाशित भएको थियो।

त्यसपछि अर्को कविता संग्रह ‘जीवन थाय् मरु’ प्रकाशित भयो। विद्यावारिधि गर्दाको क्रममा लेखेको उपन्यास कारागार गिरीको सबैभन्दा अब्बल कृतिका रुपमा लिइन्छ ।

गिरीको आजै नेपाली सेनाले अन्त्येष्टि गर्दैछ । डा. गिरिका श्रीमान्, एक छोरा र एक छोरी छन्

 

तपाइँको प्रतिक्रिया